नेरुडे लघुवित्तको खुद नाफामा गिरावट
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा नाफा ६४.१४ प्रतिशतले थोरै हो ।
गत वर्ष यसले ४ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यता, कम्पनीको खुद ब्याज आम्दानी पनि ३६.५० प्रतिशतले घटेको छ ।
यस्तै यो त्रैमाससम्म आइपुग्दा कम्पनी १ करोड ६९ लाख सञ्चालन नोक्सानमा रहेको छ । यसले गर्दा नाफा प्रभावित हुन पुगेको छ ।
यता, नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ । गत वर्ष ३८ रुपैयाँ ५२ पैसा प्रतिसेयर आम्दानी रहेको यसको यो त्रैमाससम्म आईपुग्दा २७ रुपैयाँ १५ पैसाले घटेर ११ रुपैयाँ ३७ पैसामा झरेको छ । चु
क्ता पुँजी ६० करोड रुपैयाँ रहेको यस नेरुडेको जगेडा कोषमा ८१ करोड ८७ लाख रुपैयाँ छ । यसको खराब कर्जा पनि ४.६८प्रतिशतबाट बढेर ४.९३प्रतिशत भएको छ ।

वि.सं.२०७९ कात्तिक २७ ०७:५५



















