फागुन २८ गते आत्मनिर्भर लघुवित्तको आइपीओ बाँडफाँड हुने
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ आइतबार,फागुन २८ गते बाँडफाँड हुने भएको छ । उक्त आइपीओ बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा बिहान ९ः३० बजे बाँडफाँड हुने जनाएको छ ।
आइपीओमा मागभन्दा १०४ दशमलव ९० गुणा बढी आवेदन परेको छ । यस आधारमा गोलाप्रथाबाट आइपीओ बाँडफाँड हुनेछ ।
कम्पनीले निष्काशन गरको आइपीओ १६ लाख ९ हजार ५८६ जनाले कुल १ करोड ७८ लाख ८ हजार कित्ताको लागि आवेदन दिएका छन ।
कम्पनीले फागुन ११ गतेदेखि १५ गतेसम्म २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको २ लाख ३ हजार ३८० कित्ता शेयर निष्कासन गरेको थियो ।
यसमध्ये १० प्रतिशत अर्थात २० हजार ३३८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरिसकेको छ ।त्यस्तै, ३ हजार ११७ कित्ता शेयर कर्मचारीलाई र १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो ।
बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता शेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने ब्यवस्था थियो ।
वि.सं.२०७९ फागुन २६ १४:३४



















