back
stc
prabhu insurance

स्वागत तथा विदाई कार्यक्रम

काठमाडौं । श्री सैनिक श्रीमती संघको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच उक्त संघका नव नियुक्त अध्यक्ष सुनिता शर्माको स्वागत तथा निवर्तमान अध्यक्ष श्रीमती दिपा थापाको विदाई कार्यक्रम आज असोज ४ गते सम्पन्न भएको छ ।

नेपाली सेनाका रथीवृन्द तथा अधिकृत, उक्त संघका पदाधिकारीहरु लगायतको उपस्थिती रहेको उक्त अवसरमा प्रधान सेनापति महारथी प्रभुराम शर्माले निवर्तमान अध्यक्षलाई सफल कार्यकालको लागि बधाई तथा सम्मान सहित विदाई गर्नु भएको थियो भने नवनियुक्त अध्यक्षलाई स्वागत गर्दै आगामी कार्यकालको शुभकामना दिनु भएको थियो ।