back
stc
prabhu insurance

साहस उर्जा कम्पनीको आइपीओ बाँडफाँट

काठमाडौं । साहस उर्जा कम्पनीको आइपीओ आइतबार बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको आफ्नै कार्यालयमा आइपीओ बाँडफाँट भएको हो ।

यसमा गोलाप्रथा मार्फत कुल ६ लाख ४४ हजार जना सर्वसाधारणले १० कित्ताका दरले सेयर हात पारेका छन् । साहसको आइपीओमा कुल २३ लाख ९५ हजार ४५६ जनाले आवेदन दिएका थिए ।

जसमध्ये ५ हजार २८५ जना आयोजना प्रभावित स्थानीयले पुनः आवेदन दिएकाले रद्द भएको छ । साथै, दोहोरो आवेदन दिएका ७ हजार ७११ जनाको आवेदन पनि रद्द गरिएको बिक्री प्रबन्धकले जनाएको छ ।

रितपूर्वक आवेदन दिएका २३ लाख ८३ हजार ४६० जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो । साहस उर्जाले सर्वसाधारणका लागि ६४ लाख ४० हजार कित्ता आइपीओ बिक्री खुला गरेको थियो ।

कुल ७० लाख कित्तामध्ये ५ प्रतिशत (३ लाख ५० हजार कित्ता) म्युचुअल फन्ड र ३ प्रतिशत (२ लाख १० हजार कित्ता) कम्पनीका कर्मचारीलाई छुट्याएर बाँकी सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो ।

आइपीओको नतिजा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको वेबसाइट र निष्कासनकर्ता कम्पनी साहस उर्जाको वेबसाइटबाट हेर्न सकिनेछ ।

यस्तै, सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिनेछ । आइपीओ नतिजाका लागि भने केही समय प्रतिक्षा गर्नुपर्नेछ ।