सनराइज क्यापिटलको ४० प्रतिशत नगद लाभांश, कात्तिक १२ मा एजीएम

काठमाडौं । सनराइज क्यापिटलको साधारण सभा कात्तिक १२ गते हुने भएको छ । सभामा सनराइजले ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ । सभा सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा दिउसो २ बजे सुरु हुनेछ
आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेन्डामा पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि पेश हुनेछ ।
वि.सं.२०७८ असोज १७ १०:०८