back
stc
prabhu insurance
nabil

राष्ट्र बैंकले म्याक्स मनी कम्पनीलाई रेमिट्यान्स कारोबारमा प्रतिबन्ध 

काठमाडौं । नेपाल राष्ट्र बैंकले मलेसियाको म्याक्स मनी (Max Money Sdn. Bhd., Malaysia)लाई नेपालसँग रेमिट्यान्स कारोबारमा प्रतिबन्ध लगाएको छ ।

राष्ट्र बैंकले आज बिहीबार सुचना जारी गर्दै नेपालकका बैंक तथा वित्तीय संस्था र रेमिट्यान्स कम्पनी अन्य अनुमति प्राप्त संस्थाहरुलाई उक्त कम्पनीसँग कारोबार नगर्न नगराउन आग्रह गरेको छ ।

राष्ट्र बैंकले यसअघि पनि २०७५ सालमा उक्त कम्पनीलाई प्रतिवन्ध लगाएको थियो । तर, बिभिन्न शर्त तोक्दै २०७६ माघमा प्रतिबन्ध फुकुवा गरिएको थियो ।

तर, कम्पनीले त्यसपछि पनि तोकिएको शर्त पुरा नगरेको भन्दै राष्ट्र बैंकले फेरी पनि कारोबारमा प्रतिबन्ध लगाएको हो ।