साल्ट ट्रेडिङ कर्पोरेसनको २५ प्रतिशत लाभांश हात पार्न कहिलेसम्म बन्ने सेयरधनी ?

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को वार्षिक साधारण सभा कात्तिक १६ गते बोलाएको छ ।
सभामा सञ्चालक समितिले गत चैतमा घोषणा गरेको २५ प्रतिशत लाभांश प्रस्ताव अनुमोदनका लागि पेश हुनेछ । कम्पनीले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।
सभा जुम एप्लिकेसनमार्फत भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुने कम्पनीले जनाएको छ । सभा प्रयोजनका लागि कात्तिक २ गतेदेखि १६ गतेसम्म बुक क्लोज हुनेछ ।
तसर्थ, कात्तिक १ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् ।
वि.सं.२०७८ असोज २१ १०:५३