माछापुच्छ्रे बैंकको कात्तिक २६ मा वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश अनुमोदन गर्न कात्तिक २६ गते वार्षिक साधारण सभा डाकेको छ । बैंकको २३ औं सभा होटल पोखरा ग्राण्ड, पार्दि, पोखरामा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पुँजीको १३।३०५ बोनस सेयर र ७०५ नगद लाभांश (करसहित) वितरण गर्ने एजेन्डा रहेको छ ।
सभामा अन्य उपयुक्त संस्थासँग मर्जर, एक्विजिसन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । बैंकको जारी पुँजी बढाएर १५ अर्ब पुर्याउने प्रस्ताव पनि रहेको छ ।
सभा प्रयोजनका लागि बैंकले कात्तिक ७ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, कात्तिक ६ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न तथा सभामा सहभागी हुन पाउनेछन् । कोरोनाका कारण भर्चुअल रुपमा सभामा उपस्थित हुने सेयरधनीलाई मिटिङ आइडी र पासवर्ड उपलब्ध गराइने बैंकले जनाएको छ ।
वि.सं.२०७८ असोज २१ १०:५९