back
prabhu insurance
himalayanlife

सेयर बजारमा २३.८३ अंकले गिरावट

काठमाडौं । साताको पहिलो कारोबारको दिन हिजो असोज ९ गते आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक करिब २४ अंकले ओरालो लागेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३.८३ अंकले ओरालो लागेर एक हजार आठ सय १५ दशमलब १३ मा झरेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलब ८३ अंकले ओरालो लागेर तीन सय ५५ दशमलब ६० मा सीमित भएको छ ।

कूल दुई सय २८ कम्पनीको ४० लाख १४ हजार चार सय १९ कित्ता सेयर एक अर्ब सात करोड २४ लाख ८० हजार ९७ मूल्यमा खरिद बिक्री भएको छ।

यस्तै, कारोबार भएका १३ वटै उपसमूहको सेयर मूल्यमा पनि गिरावट आएको छ। आइतबारको कारोबारपछि बजार पुँजीकरण २६ खर्ब आठ अर्ब तीन करोड ४६ लाख ९६ हजार आठ सय ६६ बराबर रहेको बताइएको छ।