back
stc
prabhu insurance

साल्ट ट्रेडिङ कर्पोरेशनले २५ प्रतिशत लाभांश दिने 

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ को लाभांशबाट सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

असोज १४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुँक्ता पुँजीको २० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी २५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। सो प्रस्तावलाई संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मुनाफा वितरण गर्नेछ ।

संस्थाको आगामी वार्षिक साधारणसभा कार्त्तिक १६ गते मंगलबार भर्चुअल माध्यमबाट हुने कर्पोरेसनले जनाएको छ।

साधारण सभामा जाने प्रयोजनको लागि संस्थाले कार्त्तिक २ गतेदेख कार्त्तिक १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको जानकारी दिएको छ । यससँगै कार्त्तिक १५ गतेसम्म कायम सेयरधनी साधारणसभामा सहभागि हुन र प्रस्तावित लाभांश पाउन योग्य हुने छन् ।

कर्पोरेसनले प्रस्तावित गरेको लाभांश अघिल्लो ३ वर्ष यताकै न्यून हो । संस्थाले आर्थिक वर्ष २०७३/०७४ देखि २०७५र/०७६ सम्म वर्षेनि लगातार ३५ प्रतिशत लाभांश वितरण गर्दै आएको थियो । आ.व. २०७६/०७७ मा कोरोना कहर, व्यापार मन्दि आदि कारणले मुनाफा कम भएको थियो।