back
stc
prabhu insurance

लक्ष्मी लघुवित्तको २७.३६ प्रतिशत लाभांश घोषणा

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले २७.३६प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले २०७६/०७७ को नाफाबाट २० प्रतिशत बोनस सेयर र ७.३६ प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको हो ।

यसर्थ, कम्पनीले ६ करोड ४० लाख ९ हजार रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, २ करोड ३५ लाख ८२ हजार २६३ रुपैयाँ नगद बाँड्नेछ ।

अघिल्लो वर्ष यसले १५ प्रतिशत बोनस सेयर र ८.१६ प्रतिशत गरी कुल २२.३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । अब नियामक राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण प्रक्रिया अघि बढ्नेछ ।