दशैं र तिहारमा कनेक्ट आइपीएसको मोबाइल एपबाट रकम ट्रान्सफर गर्दा शुल्क नलाग्ने
काठमाडौं । दशैं, तिहार र छठका अवसरमा कनेक्ट आइपीएस मार्फत हुने कारोबारलाई निःशुल्क बनाएको छ । मोबाइल एप, बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङको कनेक्ट आइपिएसको फन्ड ट्रान्सफर र कनेक्ट आइपीएस मार्फत मोबाइल वालेटमा गरिने फन्ड लोड निःशुल्क गरेको हो । कागजी नोटलाई कम गर्न यो योजना ल्याएको कम्पनीले जनाएको छ । यो योजना आज असोज २० गतेदेखि कात्तिक २५ गतेसम्म लागू हुनेछ ।
फन्ड ट्रान्सफर लगायतका विभिन्न भुक्तानी एकै प्ल्याटफर्मबाट गर्न सकिने कनेक्ट आइपिएसबाट गत आर्थिक वर्षमा आर्थिक वर्षमा १३.६ खर्ब रुपैयाँ बराबरको १ करोड ८९ लाख भुक्तानी कारोबारहरु फर्छ्यौट गरेको दाबी गरेको छ ।
चालु आर्थिक वर्षको भदौसम्ममा ४।५ खर्ब बराबरको ६२ लाख भुक्तानी कारोबारहरु फर्छ्यौट गरिसकेको कम्पनीले जनाएको छ ।
वि.सं.२०७८ असोज २० ०८:२९




















