back
stc
prabhu insurance

आइएमई लिमिटेडको साधारण सभा कात्तिक २४ गते

काठमाडौं । आइपीओ निष्कासनका लागि अनुमति कुरेर बसेको आइएमई लिमिटेडले साधारण सभा बोलाएको छ । साधारण सभा होटेल हिमालयन, लाजिम्पाट, काठमाडौंमा कात्तिक २४ गते बिहान ८ बजेदेखि सुरु हुनेछ । साधारण सभामा कम्पनीले नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

यद्दपि, यसले कति प्रतिशतका दरले प्रतिफल वितरण गर्छ भन्ने कुरा खुलाएको छैन। यता, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

यस कम्पनीले नेपाल धितोपत्र बोर्डमा १०० रुपैयाँको दरले १० लाख कित्ता सेयर आइपीओ मार्फत बिक्री गर्न अनुमति मागेको छ ।

बोर्डबाट अनुमति प्राप्त गरेमा यसले १० करोड रुपैयाँ बराबरको सेयर जारी गर्नेछ । यसको आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।